×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हतार-हतार उठ्नेजति कर उठाएर र बजेट सक्काएर पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ असार २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

हतार-हतार उठ्नेजति कर उठाएर र बजेट सक्काएर पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले पुन: लकडाउनको तयारी गरेको छ । लकडाउन खुकुलो भएसँगै संक्रमित झन् बढेपछि सरकार यस्तो निर्णयमा पुगेको हो । सरकारका एक मन्त्रीका अनुसार छिट्टै नै पुन: पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरुसँग व्यापक छलफल गरिरहेको छ । उनका अनुसार सम्भवत: साउन १ गतेबाट पुन: लकडाउन सुरु हुनेछ ।
‘बाहिर खुलेर भन्न त मिल्दैन तर पहिला कर उठाउँ, अनि लकडाउन गरौँ भन्ने हो । ‘आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती मन्त्रीले भने, ‘एक जना पनि संक्रमित नहुँदा लकडाउन गर्ने अनि १० हजार पुगेपछि खुकुलो गर्ने नीति ठिक भएन भन्ने सरकारले पनि बुझेको छ । तयसैले पुन: लकडाउन हुने कुरामा शंका नै छैन ।’
यसअघि पनि पुन लकडाउन गर्ने वा नगर्ने भन्ने बारे मन्त्रीपरिषद बैठकमा चर्चा चलेको थियो । तर अहिले कर उठाउने बेला भएकाले र बजेट सक्काउने बेला पनि भएकाले साउनबाट मात्र लकडाउन गर्ने सुझाव विभिन्न मन्त्रीहरुबाटसमेत आएको हामीसँगको सम्पर्कमा आएका ती मन्त्रीको भनाइ छ ।

यता सरकारकै अर्का एक मन्त्रीले भने तत्काल सरकारको योजना यस्तो नरहेको र केहि मन्त्रीहरु नै सरकारलाई विवादित बनाउने खेलमा लागेको आरोप लगाएका छन् । ‘यो नेकपामा देखिएको गुटबन्दीले सृजना गरेको हल्लामा हो। ‘ उनले भने ।

(यसअघि एक मन्त्रीको भनाईलाई उधृत गर्दै समाचार तयार गर्दा क्रस भेरिफाइ नगरी एक मन्त्रीकै सूचनालाई आधार बनाएर समाचार सम्प्रेषण भएको र सम्मानित प्रेस काउन्सिलबाट उक्त समाचार पुष्टी बेगर सम्प्रेषित भएको भन्ने जानकारी आएकाले यसबाट कसैलाई भ्रम नहोस् भन्ने सुचित गरिन्छ । सत्तारुढ नेकापा भित्रकै दुई मन्त्रीले दिएको फरक जानकारी असार मसान्त सकिएसंगै कुन ठिक भन्ने थाहा हुनेछ । हामी त्यसपछि यस विषयमा फलोअप गर्नेछौं । यसबाट हाम्रा पाठकलाई कुनै भ्रम परेको भए हामी क्षमा चाहान्छौँ- सम्पादक)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: