×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज लकडाउनको ७२औँ दिन, उपत्यकामा सवारी चाप बढ्दो (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

आज लकडाउनको ७२औँ दिन, उपत्यकामा सवारी चाप बढ्दो (भिडियो रिपोर्ट)

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७२ दिन पुगेको छ । 
लकडाउन जारी भएपनि बुधबार उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको थियो ।
बुधबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसधानको आवागमन बढेको पाइएको छ । उपत्यकाका, तिनकुने, बानेस्वर, बानेस्वर, माइतिघर, थापाथली, सुन्धारा, जमल, दरबारमार्ग लगायतका ठाउँहरुमा सवारी साधनको चाप अत्याधिक बढेको छ । यस्तै मुख्य मुख्य चोकहरुमा सवारी जाम समेत भएको छ । प्रहरीले सवारी जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन, पास लिएका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजी क्षेत्रमा कर्मचारी लगायतलाई समेत समान्य सोधपुछ गरी पठाउने गरेको छ ।
यस्तै भित्रि सडकमा पनि अत्यावस्यक खाद्य सामग्रीका पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेका छन् । यस्तै समाजिक दुरी काय गर्दै, मास्क तथा पन्जा लगाई मानिसहरु बाहिर निस्किएको देखिन्छ । लामो समय लकडाउन हुँदा मानिसहरुको आर्थिक जीवन र देशको अर्थतन्त्रमा समेत ठूलो नोक्सानी भएको भन्दै निजी क्षेत्रले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न दवाव दिदै आएको छ । त्यसैले पनि बुधबार उपत्यकामा लकडाउन उल्लङ्घन गरी काममा निस्कनेहरुको संख्या बढ्दा मुख्य सडकहरुमा सवारी चाप बढेको देखिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: