×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज लकडाउनको ७७ औं दिन : नयाँ मोडालिटी टुंगो नलाग्दा सर्वसाधारण घर बाहिर निस्किए (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

आज लकडाउनको ७७ औं दिन : नयाँ मोडालिटी टुंगो नलाग्दा सर्वसाधारण घर बाहिर निस्किए (भिडियो रिपोर्ट)

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७७ दिन पुगेको छ । गत चैत ११ गते देखि सुरु भएको लकडाउन खुकुलो बन्दै गएको छ । सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपनि मोडालिटी तयार पार्न नसक्दा सर्वसाधारण स्वतःसफुर्त रुपमा घर बाहिर निस्किएका छन् । सोमबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बाक्लो देखिएको छ । मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको छ । 
सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् । प्रहरीले सवारी जाँचलाई खुकुलो बनाएको छ । सडकमा मानिसहरुको आवागमन पनि बाक्लीदै गएको छ । काठमाडौंमा अधिकांश कार्यालय र उद्योग व्यवसाय सञ्चालनमा आएका छन् । न्यूरोड, भोटेबहाल, इन्द्रचोक लगायतका ठाउँमा रहेका अधिकांश पसलहरु बिहानको समयमा खुलेका छन् । सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकेको भन्दै व्यवसायीहरुले पसल सञ्चालन गर्ने निर्णय गरेका थिए ।
लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा आइतबार उच्च स्तरीय समन्वय समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएपनि कुनै ठोस निर्णय हुन सकेन् । सरकारले लकडाउनका विषयमा अझै निर्णय गर्न नसक्दा सबैमा लकडाउनको अन्यौलता दखिएको छ । संक्रमितको संख्या पनि बढ्दै जाने र सरकारले लकडाउनको मोडालिटीका बारेमा कुनै निर्णय गर्न नसक्दा थप त्रास र चिन्ता बढेको छ ।
हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: