- अर्थ सरोकार सम्बाददाता
दाङ – नक्कली बिरामी बनेर एम्बुलेन्समा खैरो हेरोइन बोकेर आउँदै गरेका तीन जना दाङमा पक्राउ परेका छन् । तुल्सीपुर उद्योग वाणिज्य संघको रा १ च ३८९ नम्बरको एम्बुलेन्समा बाँकेको नेपालगञ्जबाट दाङको तुल्सीपुर आउदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर-१३ऽ दमारगाउँ अस्थायी प्रहरी पोष्टमा जाँच गर्दा एम्बुलेन्समा रहेका दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १५ बरालाका २३ वर्षीय शंकर पुन नक्कली बिरामी बनेर १६ ग्राम ४ सय ५० मिलिग्राम खैरो हेराेइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा आएकी तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ की १८ वर्षीया दिपा थापालाई सोधपुछ गर्दा शंकर नक्कली बिरामी बनेर आएको जानकारी पाएपछि उनको शरीर खानतलासी गर्दा पाइन्टको गोजीमा कालो प्लाष्टिकका दुइवटा पोका बनाइ लुकाइराखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
पुन, थापा र एम्बुलेन्स चालक दाङको दंगीशरणका तिलक विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्