
- अर्थसरोकार सुदूरपश्चिम ब्युरो
महेन्द्रनगर । कोरोना भाइरसका कारण संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिल गरिएको नेपाल भारत सिमा लामो समयसम्म बन्द हुँदा भारतका व्यापारी मर्कामा परेका छन् । नाका बन्द हुँदा समस्यामा परेको भन्दै नाखा खोल्न अनुरोध गरेका छन् । नेपाली राजदुतावासलाई पत्र लेख्दै कञ्चनपुरको गड्डाचौकीसँग सिमाना जोडिएका वनवासा लगाएतका व्यवसायी तथा व्यापारीहरुले नाका खोल्न माग गरेका हुन् ।
आफुहरुको व्यापारको ९५ प्रतिशत कारोबार नेपालसँग हुने भएको बताउँदै भारतीय सीमावर्ती बजार वनवसाका व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय ठप्प रहेको बताएका छन् । आफुहरुको व्यापारको ९५ प्रतिशत कारोबार नेपालमा निर्भर रहेको र लामो समयदेखि व्यापार ठप्प हुँदा समस्यामा परेको भन्दै प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत) ले भारतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र पठाएको छ ।
नेपालको महेन्द्रनगर लगायतका क्षेत्रका व्यापारीहरुले वनवसाका व्यापारीबाट मालसामान उधारो लिएको र सिमा बन्द हुँदा उधारोको लाखौं रकम असुल्न गाह्रो भएको जारी गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्