×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका पसलहरुमा मुडभेडको स्थिति, व्यापारी जवर्जस्ती पसल खोल्दै, प्रहरी जवर्जस्ती बन्द गराउँदै !

PRIME CA

काठमाडौँका पसलहरुमा मुडभेडको स्थिति, व्यापारी जवर्जस्ती पसल खोल्दै, प्रहरी जवर्जस्ती बन्द गराउँदै !

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मैतिदेवी क्षेत्रका व्यापारीहरुले लकडाउनको उल्लङ्घन गर्दै बिहीबार बिहान पसल खोलेका छन् । लामो समयदेखि भएको लकडाउनका कारण व्यापार नै चौपट भएको भन्दै बिहीबार बिहान पनि पसल खोलेका हुन् ।  यसो त बुधबार पनि व्यापार गर्न पाउने पर्ने भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए ।  
व्यापारीहरूले बिहिबार बिहान पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो । सोक्रममा प्रहरी र ब्यापारीबीच केहीबेर भनाभन भएको बताइएको छ । बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले ती सबै पसल बन्द गराएको हो । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा समस्या परेको भन्दै काठमाडौंका व्यवसायीले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: