×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलेसियाबाट घर फर्कने नेपालीको सूची सार्वजनिक, को-को परे प्राथमिकतामा, टिकटको के छ व्यवस्था ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मलेसियाबाट घर फर्कने नेपालीको सूची सार्वजनिक, को-को परे प्राथमिकतामा, टिकटको के छ व्यवस्था ? (विवरणसहित)

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना भाइरसका कारण मलेसियामा अलपत्र नेपालीको नामको सूची सार्वजनिक गरिएको छ ।  नेपाल सरकारले तोकेको प्राथमिकतामा परेका एक हजार ५ जनाको सूची सार्वजनिक गरिएको हो । उनीहरुका लागि १, ४, ६ र ७ गते क्वालालाम्पुरदेखि काठमाण्डौ चार्टर्ड उडान हुने भएको छ ।  यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने उडानहुनुभन्दा चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्नेछ । 
यस्तै उनीहरुलाई मलेसियामा रहेको नेपाली दूतावासले स्वदेश फिर्तीको लागि टिकट काट्न सूचना जारी गरेको छ । मलेसियामा रहेकाले हिमालय एअरलाइन्सको नम्बर ०११३७१८९२५२ मा सम्पर्क गरेर टिकट काट्न सकिनेछ । आफन्तले एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर नेपालमा पनि टिकट काट्न सक्नेछन् । 
सरकारले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र साथमा राख्नुपर्छ । मलेसियाबाट चार्टर्ड जहाजमार्फत फर्कने नेपालीले कोरोना जाँच पनि आफ्नै खर्चमा गर्नुपर्छ । पर्याप्त यात्रु नपुगेमा या अन्य समस्या भएमा उडान तालिक परिवर्तन या रद्द हुन सक्ने दूतावासले जनाएको छ । 
मलेसियामा अवैधानिक भएर बसेकाको लागि भने मलेसिया सरकारले अहिले आममाफीको कार्यक्रम सञ्चालन नगरेकाले उनीहरु फर्कन पाउनेछैनन् । समयमै टिकट नकाटेमा प्राथमिकताअनुसार पछिका यात्रुलाई टिकट काट्ने अवसर दिने भएकाले समयमै टिकट काट्न दूतावासले आग्रह गरेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी