×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमण मुक्त भयो मनाङ, आइसोलेसन र क्वारेन्टाइनहरु खाली

अर्थ सरोकार

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार

PRIME CA

कोरोना संक्रमण मुक्त भयो मनाङ, आइसोलेसन र क्वारेन्टाइनहरु खाली

  • अर्थ सरोकार सम्बाददाता
बेंसीसहर । मनाङ कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । कोरोना संक्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै मनाङ कोरोना संक्रमण मुक्त भएको हो । मनाङमा भेटिएका एक मात्र संक्रमित सोमबार निको भएका हुन् । जिल्लामा अन्य संक्रमित फेला परेका छैनन् । कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औं दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । ११ दिनको उपचारपछि पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताए । 
कपिलवस्तुको वाणगंगा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म मनाङमा अन्य मानिसमा कोरोना संक्रमण पुष्टि भएको छैन । यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । मनाङमा ३० जनाको पीसीआर परीक्षण गरिएकोमा एकजनाको रिपोर्ट पोजिटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए ।  हालसम्म मनाङमा एक सय ६७ जनाको आरडिटी परीक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ बेड क्षमताको क्वारेन्टाइन र ७ बेडको आइसोलेसनमा हाल खाली रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: