Skip to content
LAXMI SUNRISE BANK

मनाङमा पहिलो पटक संक्रमण पुष्टी, गाउँपालिकाका कर्मचारीमा देखियो कोरोना ‘पोजेटिभ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
मनाङ । मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । 
उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले बताए ।  जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK