×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना पुष्टी

Artha Sarokar

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । मणिपाल शिक्षण अस्पतालमा उपचाररत १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सवारी दुर्घटनाबाट घाइते भएपछि एक साता अघि अस्पताल भर्ना भएका ३५ वर्षीय पुरुषमा शुक्रबार कोरोना पोजेटिभ देखिएको हो । संक्रमित व्यक्ति कुश्मा–३ का हुन् ।
कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीका अनुसार संक्रमित व्यक्ति कुनै ट्राभल हिस्ट्री नभएको र दुर्घटना लगत्तै ती व्यक्ति उपचारका लागि पोखरा आएको थियो । ‘दुर्घटनामा उहाँको हात र टाउकोमा चोट लागेको छ, उपचारकै क्रममा कोरोना पाजेटिभ देखिएछ,’ उनले भने, ‘अस्पतालबाटै उनमा संक्रमण फैलिएको हुनसक्छ ।’
मेयर जोशीले ती संक्रमित व्यक्तिको कुश्मामा पनि बाहिरी सम्पर्क नभएको र दुर्घटनापछि सिधैं अस्पताल गएकाले अस्पतालबाटै सरेको दाबी गरेका छन् । उनी अहिले अस्पतालको ‘न्यूरो’ शाखाको आइसियूमा छन् ।
‘उनको शल्यक्रिया गर्ने कुरा थियो । अब कोरोना पोजेटिभ देखिएपछि त्यो पनि प्रभावित हुने भयो । अब अस्पताललाई नै अलि निगरानीमा राख्नुपर्ने भयो,’ उनले भने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी