
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गरेको छ । प्राधिकरण र हवाइ व्यवसायीसँग भएको छलफलमा आन्तरिक उडान गर्ने असार १७ बाट चरणबद्ध रुपमा गर्ने प्रस्ताव पास भएको हो।
मन्त्रालयले आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेस गर्ने बताइएको छ । प्राधिकरण स्रोतका अनुसार असार १७ बाट आन्तरिक उडान गर्ने प्रस्ताव मन्त्रालयमा गएको छ । आन्तरिक उडानबारे अन्तिम निर्णय भने मन्त्रिपरिषदले गर्नेछ ।
यता निजी वायुसेवा कम्पनीहरुले भने टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेका छन् । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले उडान खोल्ने भन्ने सूचनाको आधारमा टिकट बुकिङ खुल्ला गर्न लागेको बताए। उनले भने ‘आज मन्त्रिपरिषदबाट उक्त प्रस्ताव पास भए आन्तरिक उडानको लागि सोमबारबाट बुकिङ सुरु गछौं।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्