×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपराधिक घटना गर्नेहरु राजनीतिक आडमा जोगिने परम्परालाई रोक्नू पर्छ : सांसद यादव (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अपराधिक घटना गर्नेहरु राजनीतिक आडमा जोगिने परम्परालाई रोक्नू पर्छ : सांसद यादव (भिडियो रिपोर्ट)

Artha Sarokar

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मातृका प्रसाद यादवले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएको तर राजनीतिक संरक्षणमा अपराधीले उनमुक्ति पाइरहेको बताएका छन् । उनले अपराधिक घटनाहरु हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराए । धनुषा जिल्ला सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनाका एक ड्राइभर हिरासतमा परेको तर जेठ २७ गते हिरासतमै रहेको अवस्थामा सौचालयमा भुण्डिएको अवस्थामा फेला परेको सांसद यादवले बताए । उनले उक्त घटनामा पीडितका परिवारले झुण्डाएर मारेको बताइरहेको र प्रहरी थानाले आफै झुण्डिएको बताएकाले छानविन हुनुपर्ने माग गरेका छन्  । 
उनले रुकुम घटना छानविन गर्न गठन भएको संसदीय समतिलाई नै छानविन गर्न जिम्मा दिनुपर्ने बताए । त्यस्तै २७ गते नै सबैला नगरपालिकामा घरमा रहेका अरुणकुमार मण्डललाई रातको समय फोन गरी बोलाएर गोली हानी हत्या भएकोले उक्त घटनाको पनि निस्पक्ष छानविन गर्न माग गरे  । उनले २०६६ जेठ ४ गते जनकपुरबाट पैसा ल्याउँदै गर्दा हत्या भएको घटनाको अहिले सम्म छानविन हुन नसकेको भन्दै छानविन गर्न माग गरेका छन्  ।
दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रणमा ठूलो समस्या रहेको यादवले बताए  । उनले  कडा भाइरस आएको भन्ने  प्रधानमन्त्रीलाई कडा खालको उपचारको व्यवस्था मिलाइदिन माग समेत गरे । उनले प्रदेश नम्बर दुई सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको बताएका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी