
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभरको मौसम सोमबार दिनभर सामान्यदेखि आंशिक बदली हुने तथा केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ। हाल बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा सामान्य बदली रहेको छ। प्रदेश १ र कार्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सोमबार दिउँसो सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने बताइएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरु बताउँछन् । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सोमबार राति पनि सामान्य बदली हुनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने मशाखाले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्