×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेडिसिटी अस्पतालको ‘लुट’ : एक महिला सुत्केरी गराउँदा १ लाख ८२ हजार २ सय ५१ रुपैयाँको बिल ! (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

मेडिसिटी अस्पतालको ‘लुट’ : एक महिला सुत्केरी गराउँदा १ लाख ८२ हजार २ सय ५१ रुपैयाँको बिल ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मेडिसिटी अस्पताल । निजी क्षेत्रको चलेको भनिएको एउटा अस्पताल जहाँ प्रशिद्ध व्यापारीको लगानी छ । तर त्यहि अस्पतालले जनतालाई कसरी सम्म लुट्दोरहेछ भन्ने प्रमाण अर्थ सरोकारले फेला पारेको छ । लकडाउनकै बीचमा एक नर्स जसको स्वास्थ्य अवस्था सामान्य थियो, उनलाई सुत्केरी गराउँदा विभिन्न शिर्षकमा झन्डै २ लाख असुलेको फेला परेको छ । 
यस्तो छ घटनाक्रम :
सानेपाका प्रसिद्ध खड्गी पहिलोपटक नेपाल मेडिसिटी अस्पताल पुगेका थिए । आफ्नी श्रीमतीको सुत्केरी गराउन नजिकै भएकाले उनी असार ७ गते त्यहाँ पुगेकी हुन् । त्यस अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ निरा सिंह श्रेष्ठको क्लिनिकमा देखाउँदै आएकाले पनि डा. निराकै सुझावमा उनी मेडीसिटी पुगेका थिए । असार ७ गते अपरेशन गरेर सुत्केरी गराईएको थियो भने बच्चा र आमाको स्वास्थ्य निकै राम्रो छ । तर बिल देख्दा उनी तीनछक परे । किनकि सुत्केरी गराइएको बिल सामान्य थिएन । आफैं स्वास्थ्यकर्मी भएकाले उनलाई मोटामोटी खर्च ८०-९० हजार हुन्छ भन्ने लागेको थियो तर बिल आएको थियो २ लाखको । 
‘सरासर लुट भयो’
खड्गीलाई थमाइएको बिलमा सर्जरी गरेको मात्रै ९४ हजार ५० रुपैयाँ लिइएको छ । यो अस्वाभाविक रकम हो । अझ अचम्मको कुरा त अस्पतालमा बेडअनुसार ओटी चार्ज लिने गरिएको रहेछ । यस्तो नियम प्राय कुनै अस्पतालमा हुँदैन । रेष्टुरेन्टअनुसार खानाको मूल्य तिरेझैं अस्पतालमा मच्चाइएको छ यस्तो लूट । यसो त उनले यसबारे प्रशासनसँग पनि कुरा गरे । तर उनको कुरा कोहिले सुन्न नै चाहेनन् । 
अन्तत उनी बिल बराबरको १ लाख ८२ हजार २ सय ५१ रुपैयाँ बुझाएर निस्किन बाध्य भए । जम्मा तीन दिन अस्पताल बसेका उनलाई अस्पतालले दुईवटा बिल थमाएको छ जसमा असार १० गते जारी गरेको एउटा बिलमा १ लाख ७० हजार ३९७ रुपैयाँ लेखिएको छ भने सोही दिन थप ११ हजार ८५३ को अर्को बिल जारी गरिएको छ ।यो दुबै बिलको रकम जोडेर एक सामान्य महिला सुत्केरी गराउँदा १ लाख ८२ हजार २५१ रुपैयाँ अर्थात झन्डै २ लाख रुपैयाँको बिल आएको छ । पीडीत खड्गी भन्छन् यो त सरासर लुट भयो। ‘
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: