- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह चार बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बुधवार प्रधानमन्त्रीले विज्ञहरुसँग लकडाउनको मोडालिटीबारे छलफल गरेका थिए ।
विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । आजको बैठकमा लकडाउनबारे निर्णय हुने बताइएको छ ।