- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंकले सोमबारदेखि आफ्ना सबै शाखा कार्यालय खुल्ला गरेको छ । बैंकले विदाको दिनबाहेक बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ कारोबार खुल्ला गर्ने भएको हो । बैंकले लकडाउनलाई दृष्टिगत गर्दै बैंकले गत चैत ११ गतेदेदि हरेक बार फरक-फरक र सिमित शाखा खुल्ला गर्दै आएको थियो । तर, अब सबै शाखा खुल्ला गरिने बैंकले जनाएको हो ।