- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरि मेगा बैंकको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । दुबै बैंकले जेठ २१ गते विशेष साधारण सभा सम्पन्न गरि प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।
गण्डकी विकास बैंकलाई प्राप्ति गर्नको लागि मेगाले नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएको थियो । अन्तिम स्वीकृति पाएसँगै असारभित्रै एकिकृत कारोबार गर्ने तयारी दुबै बैंकले गरेका हुन ।
दुबै कम्पनीको तथ्यांकलाई एउटै सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि असार १९ गते ती कम्पनीको सम्पूर्ण सेवा तथा कारोबारका साथै शनिवार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर सेवा तथा अन्य बैंकिङ सेवा बन्द हुने भएको छ ।
एकीकृत कारोबार पश्चात पनि ग्राहकहरुको सुविधाका लागि साबिक गण्डकी विकास बैंकबाट जारी भएको चेक तथा एटीएम कार्डलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्थासमेत मिलाइएको जानकारी मेगा बैंकले गराएको छ ।
मेगाले गण्डकी विकास बैंकलाई एक बराबर एक शेयर अनुपात आदान प्रदान गर्ने सहमति अनुसार प्राप्ति गरेको हो । गण्डकीलाई प्राप्ति गरेपश्चात मेगाको चुक्तापूँजी १३ अर्ब १३ करोड पुगेको छ । एकीकृत कारोबारपश्चात मेगा बैंकको शाखा सञ्जाल २०६ वटा हुनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्