×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्मचारीमाथि मेरो टिभीको ज्यादती, डेढ सय बढी कर्मचारीहरुलाई लकडाउनको मौका छोपेर निकालियो ! (भिडियो)

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्युरो
काठमाडौँ । कोरोना भाइरसको त्रास र कोरोना प्रकोपका कारण देशभर भएको लकडाउनका कारण व्यापार नभएको बहाना बनाएर पछिल्लो समय विभिन्न कम्पनीहरुले ठुलो संख्यामा कर्मचारी कटौती गर्ने गरेको पाइएको छ । पछिल्लो समय विभिन्न लघुवित्त कम्पनीहरुले कर्मचारी कटौती गरेको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि यस्तै थप सूचनाहरु अर्थ सरोकारलाई प्राप्त भएका छन् । त्यसको पछिल्लो उदाहारण हो मेरो टिभी संचालक कम्पनी डिभाइन स्ट्रिम नेटवर्कबाट कर्मचारी निकालिएको घटना । स्काइ डिजिटल टिभीसमेत किनेर ठूलो नेटवर्क बनाएको डिभाइन स्ट्रिम नेटवर्कका सञ्चालकहरूले वेबसफरको स्वामित्वसमेत किनेका छन् । तर ठुलो बन्दै गरेको सोहि कम्पनीका मालिकले आफु निकटका कर्मचारी राख्ने र बाँकीलाई फ्याँक्ने नीति लिएर कर्मचारीहरु निकालेको आरोप निस्कासित गरिएका र त्यहीं रहेका कर्मचारीहरुले समेत आरोप लगाउँदै आएका छन् । 
किन निकालिए कर्मचारी ? के छ निस्कासन पत्रमा ?
कम्पनीले कर्मचारीहरु निकाल्नुको मुख्य कारण कम्पनीमा भएको ‘ओभरस्टाफिङ’ भएको बताएको छ । लकडाउनका समयमा कम्पनीमा धेरै कर्मचारी भएकाले तलव खुवाउन समस्या भएको तर्क कम्पनीको छ । ‘लकडाउनका कारणले सम्पूर्ण व्यापार एवं कारोबार ठप्प रहेकोले कम्पनीका कार्यरत कर्मचारीसमेत सेवामा आउन नसकेको, अधिकांश कर्पोरेट ग्राहकले सेवा लिन अस्वीकार गरेको, कम्पनीबाट सञ्चालनमा रहेका सम्पर्क कार्यालय अधिकांश बन्द भएको, ग्राहकबाट रकम नउठेको आदि कारणबाट कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भइ कर्मचारीको तलब खुवाउन नसकेको’ भन्दै कर्मचारी कटौती गरिएको निष्कासन–पत्रमा उल्लेख छ ।कम्पनीका अध्यक्ष होम पाण्डेद्वारा हस्ताक्षित पत्रमा दुई वटा प्रतिष्ठान (मेरो टिभी र स्काइ टिभी) गाभिएका कारणले ‘ओभर स्टाफ’ भएको कारणसमेत जनाउँदै कम्पनी सञ्चालक समितिले कर्मचारी कटौती गर्ने निर्णय गरेको उल्लेख छ । 
हामीमाथि अन्याय भयो :कर्मचारी 
आफुहरुलाई स्पष्टीकरणको मौकासमेत नदिइ अनुहार हेरेर कर्मचारी निकालेको भन्दै निस्कासित कर्मचारीहरु रुष्ट बनेका छन् । एकातर्फ कम्पनीले मौका नै नदिइ निकाल्दा उनीहरु चरम आर्थिक संकटमा परेका छन् भने अर्कोतर्फ कम्पनीबाट लकडाउनका समयमा आफुहरुलाई निकालिंदा तत्काल अर्को जागिर पाउनसमेत समस्या भएको उनीहरुको तर्क छ । यसो त निष्कासनमा परेपछि पीडित कर्मचारीहरूले श्रम अदालतमा जाने तयारीसमेत गरेका छन् । 
यता यसरी कर्मचारी निकालेर कम्पनीका हाकिम भने फोन सम्पर्कबाट समेत बाहिर बसेका छन् । कोरोना महामारीका बेला पूरै देश लकडाउनमा रहेका बेला कर्मचारीहरुलाई चरम आर्थिक संकटमा पार्नेगरी प्रचलित ऐनसमेत मिचेर कर्मचारी निकाल्दा पनि कर्मचारीका नेता हुँ भनेर राजनीति गर्नेहरु पनि चुप छन् । यसले समग्र गरी खाने बर्गलाई दुखी तुल्याएको छ । ब्युरो रिपोर्ट, अर्थ सरोकार, काठमाडौँ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: