बागलुङ । बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ ।
सङ्घले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको बागलुङ दुग्ध व्यवसायी सङ्घका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिनुभयो । वर्तमान समयमा पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धि तथा नेपाल सरकारको दूधमा गरेको मूल्य समायोजनअनुसार बागलुङमासमेत दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको क्षत्रीको भनाइ छ । विसं २०७२ चैत १ गतेपछि दूधजन्य पदार्थमा कुनै पनि मूल्य समायोजन नभएको भन्दै मूल्यवृद्धि गरिएको हो ।
यही असार १ गतेदेखि लागू हुने गरी दूध प्रतिलिटर रु १००, दही प्रतिलिटर रु १२०, पनिर रु ८००, घ्यू प्रतिकेजी रु एक हजार ३००, खुवा प्रतिकेजी रु एक हजार २००, छुर्पी रु एक हजार, लस्सी २०० मिलीलिटर रु ५०, आइक्रिम प्रतिकोन रु ४० र नौनी रु एक हजार कायम गरिएको छ ।
“लामो समयदेखि मूल्यवृद्धि हुन नस्कनु र किसानलाई दूध उत्पादनमा लागत बढ्दै जाँदा दूधको मूल्यमा वृद्धि गर्न परेको हो”, अध्यक्ष क्षेत्रीले भन्नुभयो, “किसानलाई मर्का पर्ने अवस्था आएपछि लामो समयपछि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि भएको हो ।” दूग्ध व्यवसायी मर्कामा परेको गुनासो आएपछि सरोकारवालासँगको छलफलका आधारमा नै मूल्य समायोजन गरेको दुग्ध व्यवसायी सङ्घका सचिव मुक्तिराम आचार्यले जानकारी दिनुभयो । एकैपटक दूध प्रतिलिटर रु २० मूल्यवृद्धि गर्दा समस्या हुने उपभोक्ताले गुनासो गरेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्