×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थानीय प्रशासनलाई तरकारी नष्ट नगर्न गृहको परिपत्र, कसैले जबरजस्ती गरे कारबाही गर्नसमेत निर्देशन !

PRIME CA

स्थानीय प्रशासनलाई तरकारी नष्ट नगर्न गृहको परिपत्र, कसैले जबरजस्ती गरे कारबाही गर्नसमेत निर्देशन !

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गृह मन्त्रालयले स्थानीय प्रशासनलाई तरकारी नष्ट नगर्न निर्देशन दिएको छ । सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएकोबारे चौतर्फी विरोध भएपछि गृहले यस्तो निर्देशन दिएको हो । 
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो । स्वदेशी उत्पादन नष्ट गर्नेमाथि कारबाही गर्नुपर्ने मन्त्रालयको जोड थियो । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न समेत निर्देशन दिएको हो ।
साथै गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले तरकारीलाई सहज रुपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन भनिएको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: