- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – माेलुङ्ग हाइड्राेपावर कम्पनी लिमिटेडले १० औँ वार्षिक साधारणसभा आह्वान गरेकाे छ । कम्पनीकाे जेठ २५ गते (आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा असार १७ गते बुधबार कम्पनीकाे रजिष्टर्ड कार्यालय रविभवन काठमाडाैँमा बिहान ११ बजेबाट हुने निर्णय गरेको छ ।
यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।