
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विद्युत् महसुल हिनामिना आरोपमा नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मद्दा दायर गरेको छ। ग्राहकले तिरेको विद्युत् महसुल हिनामिना गरेको भन्दै आयोगले मोरङको रंगेली वितरण केन्द्रका तत्कालीन हेल्पर (म्यादी) अरुणकुमार गुरुङविरुद्ध विद्युत् महसुलबापतको आठ लाख ७३ हजार पाँच सय ४२ रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले सोमबार मुद्दा दायर गरेको हो ।
गुरुङले आर्थिक वर्ष ०६८/०६९ र २०६९/०७० मा उक्त रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ग्राहकले महसुल बुझाए पनि बक्यौता देखिएपछि अख्तियारमा उजुरी परेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्