- अर्थ सरोकार सम्बाददाता
विराटनगर । मोरङमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई/दुईजना र धनपालथान गाउँपालिकामा पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सोमबार ९ जना थप भएसँगै मोरङमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।