- अर्थ सरोकार सम्बाददाता
विराटनगर । मोरङमा थप ८ जनामा कोरोना संक्रमण फेला परेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा मोरङको रतुवामाई नगरपालिकाका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईका अनुसार सौठा क्वारेन्टाइनमा बसेका तीन जना र इटहरा क्वारेन्टामा बसेका ५ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टी भएकाहरु १० दिन अघि भारतबाट आएका थिए ।
यससँगै मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । रतुवामाईमा बुधबारसम्म २२ जनामा संक्रमण देखिएको छ ।