
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका चार जना पूर्व प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार गरेको दाबीसहित विषेश अदालतमा मुद्धा दर्ता गरेको छ । आयोगले नयराज नेपाल, तिर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राईसहित १७ जनाविरुद्ध भ्रष्टाचार गरेको दाबीसहित विषेश अदालतमा मुद्धा दर्ता गरेको हो ।
सेवाग्राहीबाट प्राप्त राजस्व सरकारी खातामा जम्मा नगरी हिनामिना गरेको आरोप उनीहरुमाथि छ । नेपालविरुद्ध एक करोड ८ लाख २९ हजार ६९ रुपैयाँ, लम्सालविरुद्ध तीन करोड ३० लाख ७९ हजार ३ सय ६३ रुपैयाँ, थपलियाविरुद्ध एक करोड ३० लाख ७२ हजार एक सय ५३ रुपैयाँ र राईविरुद्ध ५६ लाख १२ हजार पाँच सय ४७ रुपैयाँ बिगो दाबी गरिएको छ । चार जना कम्प्युटर अपरेटरविरुद्ध जनहीँ पाँच करोड ९४ लाख ९८ हजार ९ सय ३१ रुपैयाँ बिगो माग गरिएको छ ।
यसरी अभियुक्त बनाइएकामा राकेश रोसन मस्राङ्गी मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुंगेल छन् । उनिहरु फोकस वान नेपाल प्रालीमा आबद्ध भएको जनाइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्