×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीमा थप छ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या १४ पुग्यो

PRIME CA

म्याग्दीमा थप छ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या १४ पुग्यो

अर्थ सरोकार

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
म्याग्दी । म्याग्दीमा बिहीबार बिहान एक महिला सहित छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेडौडामा पिसिआर बिधिबाट गरिएको स्वाब नमुनाको परिक्षणका क्रममा म्याग्दी सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमिण पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माद्धारा जारी विज्ञप्तिमा संक्रमण पुष्टि भएकाहरुलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भएको छ । 
म्याग्दीका ६ जना, नवलपरासी पुर्वको मध्य बिन्दु नगरपालिकाका एक पुरुष र एक महिला, बागलुङको गलकोट नगरपालिकाका दुई जना र स्याङ्जाको कालीगण्डकी गाउपालिकाका १ जना रहेका छन् । पछिल्लो पटक थपिएकासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ जना पुगेको छ । म्याग्दीका नयाँ संक्रमित मंगला गाउपालिकाका ४ र बेनी नगरपालिकाका दुई जना हुन् । उनिहरु विदेशबाट आएर बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा बसेकाहरु भएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । स्वास्थ्य अवस्था सामान्य भएका उनिहरुलाई खुल्ला मञ्चको शैक्षिक तालिम केन्द्रमा रहेको आइसोलेशनमा लगिएको छ । 
हाल म्याग्दीमा संक्रमितको संख्या १४ जना पुगेको छ भने दुईजना निको भएर घर फर्किएका छन् । म्याग्दीबाट हालसम्म २७० वटा स्वास संकलन गरेर पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न पठाइएको छ । २३५ वटाको रिपोर्ट आएको छ भने ३५ वटाको आउन बाँकी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: