
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार गर्ने भएको छ । पछिल्लो समय सबैभन्दा धेरै अलपत्र बर्मामा कार्यरत नेपालीहरू परेका कारण सो ठाउँबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको हो ।
उक्त विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ । यसैबीच शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमानमा २१० जना नेपाली लिएर काठमाडौं आउने तयारी भइरहेको पनि बताइएको छ । सरकारले विभिन्न देशमा समस्यामा परेका श्रमिक, विद्यार्थी र अन्य नागरिक फर्काउने क्रममा नेपालकै विमान चार्टर्ड गर्ने तथा सम्बन्धित देशका विमान कम्पनीबाट ल्याउने दुवै प्रक्रिया पूरा गरी उडान अनुमति दिने निर्णय गरिसकेको छ ।
सरकारले विभिन्न देशबाट फर्काइने नागरिकलाई प्रदेशगत रुपमा सात जना मन्त्रीको समन्वयमा सम्बन्धित जिल्ला र स्थानीय तहमा पुर्याउने कार्यविधि बनाएको छ । सोही अनुसार शुक्रबार आउने वागमती प्रदेशका २६ जना नागरिकलाई सम्बन्धित ठाउँमा पुर्याउने जिम्मा गुरुङले पाएका हुन् । उनीहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि पीसीआर परीक्षण गरेर घर जान पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्