
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नागरिक लगानी कोषको २२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसमा मूल्य समायोजनपछि प्रतिकित्ता १८ सय ८२ रुपैयाँ निर्धारण गरेको छ । अव यसै सेयर मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।
नागरिक लगानी कोषले असार २० गते साधारणसभा बोलाएको छ । उक्त सभामा कोषले २२% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस गरिने छ र कर प्रयोजनका लागि १.१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ ।
सभा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । यसैगरी, बोनस पश्चात कायम हुने चुक्ता पुँजीको ८२.८४% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि छ । यसैगरी, गत आर्थिक वर्ष २०७५–७६ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान, र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले बुधबार (असार १० गते) एक दिन सेयरधनी दर्ता किताब बन्द गरेको छ । असार ९ गतेसम्म कायम लागानीकर्ताले लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्