×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

Artha Sarokar

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो । अस्पतालका कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको भनिएका चिकित्सकको पुनः परीक्षण गर्दा आज नतिजा नेगेटिभ आएको हो । उनीसँगै अस्पतालका १६ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नतिजा पनि नेगेटिभ आएको छ । 
यसअघि सोही अस्पतालका ५५ जनाको नतिजा नेगेटिभ आएको थियो । श्रेष्ठले यस अवधिमा करीब एक सय जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र त्यहाँ उपचाररत बिरामीको परिक्षणमा नतिजा नेगेटिभ आएको जानकारी दिनुभयो । पोजेटिभ देखिएका बिरामीको भरतपुर अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको थियो । ती बिरामी राखिएको सघन उपचार कक्षमा काम गर्ने चिकित्सकको सम्पर्कमा आएका र ती बिरामीको सम्पर्कमा रहेका आफन्तको पिसिआर परीक्षण नेगेटिभ आएको हो । 
अस्पतालका बिरामी र चिकित्सकको नतिजा पोजेटिभ आएपछि सेवा ठप्प भएको अस्पताल आइतबारबाट सञ्चालनमा आएको छ । सङ्क्रमण देखिएका क्षेत्रमा पूर्ण रुपमा निर्मलिकरण गरेर सुरक्षित गरिएको छ । आजबाट सघन उपचार कक्ष पनि सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । चिकित्सक र बिरामीलाई सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरुसँग सम्पर्कमा आएका सबै चिकित्सकसहितका कर्मचारीलाई होटलको क्वारेन्टिनमा राखेको थियो । सङ्क्रमण देखिएका चिकित्सकलाई अस्पतालकै क्वारेन्टिनमा राखिएको थियो । 
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार नारायणी सामुदायिक अस्पतालका चिकित्सक र बिरामीको सम्पर्कमा रहेका सबैको नतिजा नेगेटिभ आएको बताउनुभयो । अस्पतालका सञ्चालक विष्णु कुँवरले सबैको नतिजा नेगेटिभ आएसँगै आजबाट बिरामी र चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण बनेको बताउनुभयो । यस सङ्कटको घडीमा कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न यस अस्पताल सधैँ तयार रहेको भन्दै उहाँले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार उपचार भइरहेको बताउनुभयो । क्यान्सरसहितको उपचार हुने यस अस्पतालले गतवर्ष एक लाख १३ हजार बिरामीको उपचार गरेको थियो । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी