×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतापपुर गाउँपालिका अध्यक्षको निधन, सोमबार सातै स्थानीय तहका सेवा बन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रतापपुर गाउँपालिका अध्यक्षको निधन, सोमबार सातै स्थानीय तहका सेवा बन्द

Artha Sarokar

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी । नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहमा सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लाको परासीमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आइतबार परासीतर्फ जाँदै गर्नुभएका अध्यक्ष शर्माको बर्दघाटमा आफैँले चलाएको लु १ झ ३७० नं को सवारी साधन दुर्घटनामा परी निधन भएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी