Skip to content
LAXMI SUNRISE BANK

क्वारेनटाइनमा बसेका ४५ वर्षिय पुरुषको मृत्यु, रिपोर्ट आउन बाँकी

अर्थ सरोकार

सिन्धुली
  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी । क्वारेन्टिनमा रहेका क व्यक्तिको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको हो । एकास्सी स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
उनी असार १२ गते मात्रै भारतको मुम्बईबाट आएर क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । उनले पहिलेदेखि नै मुटु र प्रेसरको औषधि नियमित सेवन गर्दै आइरहेका थिए । कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरी प्रयोगशालामा पठाइ सकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK