×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना पूष्टि, जिल्लामा संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना पूष्टि, जिल्लामा संक्रमित संख्या कति पुग्यो ?

Artha Sarokar

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार कावासोतीका संक्रमितहरु २२ र ३६ वर्षका युवा हुन् । यस्तै विनयत्रिवेणी गाउँपालिकाको संक्रमित १४ वर्षीय किशोर हुन् । उनीहरु क्वारेन्टिनमै बसिरहेका थिए ।
उनीहरुलाई पूर्वीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भैरहेको शर्माले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी