![](https://1.bp.blogspot.com/-ZdvCjnysSqY/Xpxmshkg7rI/AAAAAAABd3s/bnkb92kVyTcdOm20QtpmU8ixplS-WqemACLcBGAsYHQ/s1600/neco-insurance-final.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेको इन्स्योरेन्सको २४ औँ वार्षिक साधारणसभा जेठ २३ गते सम्पन्न भएको छ । उक्त सभामा चार जना सञ्चालक निर्वाचित भएका छन् । सभाले संस्थापकतर्फ तीनजना र सर्वसाधारणतर्फ एकजना सञ्चालक निर्वाचित गरेको हो।
संस्थापकतर्फ निर्वाचित हुने सञ्चालकहरुमा एसभीआर पब्लिक प्रालिका तर्फबाट रमेशकुमार निरौला, कृषि विकास बैंक लिमिटेडका तर्फबाट ध्रुवचन्द्र गौतम र एसएस विनायक प्रालिका तर्फबाट भरतकुमार अधिकारी छन् ।
त्यस्तै, सर्वसाधारणतर्फ पद्मोदय प्रालिका तर्फबाट रोहितकुमार भट्टराई निर्वाचित भएका छन् । साधारणसभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित ८.१६ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ।
![](https://1.bp.blogspot.com/-q0Du0uk6aHM/Xt3aP-kt41I/AAAAAAABhjo/xNu9EuNfMzM0FLu06wwuInSYJ1RHxW7UgCLcBGAsYHQ/s1600/2.jpg)
![](https://1.bp.blogspot.com/-q0Du0uk6aHM/Xt3aP-kt41I/AAAAAAABhjo/xNu9EuNfMzM0FLu06wwuInSYJ1RHxW7UgCLcBGAsYHQ/s1600/2.jpg)