Skip to content
LAXMI SUNRISE BANK

क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बैतडी । क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पाटन–६ सन्तोलीका ३० वर्षीय हरिश लोहारको शनिवार पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा मृत्यु भएको थियो ।
मृत्यु पछि गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । शनिवार भारतबाट फर्केका उनी साँझ एक्कासी बेहोस भएर ढलेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पुर्‍याउँदा राति नै मृत्यु भएको थियो । लोहारको दाह संस्कारका लागि मलामी जानेहरु आइसोलेसनमा छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK