
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तयारी सरकारले गरेको छ । सरकारले गत जेठ १ गते बसेको बैंठक अनुसार नेपाली ल्याउने तयारी गरेसँगै कतारस्थित नेपाली राजदूतावासले नेपाल फर्किने नागरिकलाई ७ प्रकारमा वर्गीकरण गरेको छ । जसमा सुत्केरी तथा गर्भवती महिलाहरुलाई वर्गीकरणको पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका व्यक्ति‚ अध्ययन समाप्त भएका विद्यार्थी‚ आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने व्यक्तिलाई प्राथमिकताका आधारमा नेपाल फर्काइने छ ।
यसैगरी, भिजिट अथवा बिजनेस भिसामा रहेका व्यक्ति‚ श्रम अवधि सकिएका वा रोजगारी गुमाएका श्रमिक, कतारको आइडी समाप्त भएका वा आइडी नै नलागेका तथा भिसा समाप्त भएका व्यक्तिलाई सरकारले नेपाल ल्याउने जनाएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्