- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मंगलबारका लागि निर्धारण भएको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक नबस्ने (स्थगित) जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठक किन स्थगित गरिएको भन्ने समेत जानकारी नभएको भन्दै प्रवक्ता श्रेष्ठले अर्को बैठक कहिले बस्ने भन्ने पनि थाहा नभएको बताए । गत शनिबार प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि मंगलबार बैठकको मिति तय भएको थियो ।
आजको बैठकमा अमेरिकी विकास सहयोग परियोजना (एमसीसी)का बारेमा छलफल हुने तयारी थियो । नेताहरुले बैठक स्थगित के कारणले भएको हो भन्ने नखुलाएपनि संसदको कार्यसूची लम्बिएका कारण पार्टी बैठक पनि स्थगित गरिएको हुनसक्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्