
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । देशभर ५१९ पुरुष र ११० जना महिलामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार झापाका ११, सुनसरीका १, मोरङका १, सप्तरीका ६, धनुषाका २०, महोत्तरीका १२, सर्लाहीका २१, अछामको २३, बैतडीका ४, बाजुराका ७, डोटीका ४८, कैलालीको १४२, कन्चनपुरका ८६, पर्वतका २, रौतहटका ४४, धादिङका २, काठमाडौंका १, चितवनका १, तनहुँका १, नवलपरासी पूर्वका ५, पाल्पाका १५, भक्तपुरका १, गोरखाका ३, कास्कीका ९, बाग्लुङका ९, लमजुङका ५, स्याङ्जाका ७, गुल्मीका ५, कपिलवस्तुका १, रुपन्देहीका १, बाँकेको ९, बर्दियाको १, दाङका ७६, प्युठानका १०, जाजरकोटाका १, सुर्खेतका १४, दैलेखका ४, कालिकोटका १ र बाजुराका १ जनामा संक्रमण पुष्टी भएको हो ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार ७ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २३३८ पुगेको छ । हाल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्