Skip to content
LAXMI SUNRISE BANK

दबाब समूहको अगुवाईमा लगानीकर्ता अनसन बस्दै, इन्भेष्टर्स फोरमको पनि समर्थन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेयर लगानीकर्ता दबाब समूहले बन्दाबन्दी खुलेलगत्तै नेपाल धितोपत्र बोर्ड जावलाखेलमा आमरण अनसन सुरु गर्ने चेतावनीको घोषणा गरेसंगै नेपाल इन्भेष्टर्स फोरम पनि उक्त कुरामा समर्थन गर्ने जनाएको छ । सेयर लगानीकर्ता दवाब समूहले कोरोना भाइरसको महामारीसँगै ध्वस्त सेयर बजार जोगाउनका लागि आमरण अनसन सुरु गर्ने चेतावनी दिईसकेको छ । 
दवाब समूहले सेयर बजारको विस्तार र सुधारका लागि आमरण अनसन बस्न लागेको दोश्रो पटक हो । यता नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले उक्त आमरण अनसनमा नैतिक समर्थन रहने बताएका छन् ।  उनले लगानीकर्ताहरु कोरोनाबाट मर्माहत रहेका र यहीबेला दवाब समूहले आफ्नै ढंगबाट आन्दोलन घोषणा गरेकोमा खुशी व्यक्ति गरेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK