Skip to content
LAXMI SUNRISE BANK

नेपाल धितोपत्र बोर्डद्वारा पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन आग्रह !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डले सबन्धित निकायहरुलाई अनुरोध गरेको छ । धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्था गर्न माग गर्दै आएकोमा सोही अनुसार नियामक निकाय नेपाल धितोपत्र बोर्डले उक्त पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाई हालसम्मको द्विविधालाई स्पष्ट गरिदिन सम्बन्धित निकाय समक्ष अनुरोध गरेको जनाएको छ ।
कतिपय कर कार्यालयले उक्त करलाई अन्तिम कर मानी कर चुक्ता प्रमाणपत्र दिने गरेको तर कतिपय कर कार्यालयले स्पष्ट व्यवस्थाको अभावमा सो पूँजीगत लाभकरलाई अन्तिम कर निर्धारण गर्ने नगरिएको गुनासा  आएपछि बोर्डले सबन्धित निकायहरु समक्ष प्रष्ट व्यवस्था गरिदिन अनुरोध गरेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK