×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत प्राधिकरणको नयाँ महसुल दर निर्धारण, अव कसले कति तिर्ने ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

विद्युत प्राधिकरणको नयाँ महसुल दर निर्धारण, अव कसले कति तिर्ने ? (विस्तृत विवरणसहित)

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत महसुलको नयाँ दर निर्धारण गरेको छ । आयेगले असारदेखि नै लागु हुने गरी नयाँ दर निर्धारण गरेको हो । आयोगले तोकेको नयाँ महसुल दर अनुसार अब उपभोक्ताले केही मात्रामा राहत पाउने भएका छन् ।
आयोगले नयाँ महसुल दर निर्धारण गरे अनुसार ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नुपर्दैन् । यसको डिमाण्ड शुल्क ३० रुपैयाँ निर्धारण गरिएको छ भने मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिएको छ । यस्तै १५ एम्पियरको लाइन जोड्नेलाई न्युनतम डिमाण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ । १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ४ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै ३० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क ७५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ ।
यस्तै ६० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क १२५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेलाई प्रतियुनीट ६ रुपैयाँ तोकिएको छ भने ५ एम्पियर, १५ एम्पियर, ६० एम्पियर लाइन जडान गरी ४०० युनिटसम्म र सो भन्दा माथि विद्युत खपत गर्नेलाई फरक फरक दर निर्धारण गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: