
- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभा आह्वान गरेको छ ।  यसअघि कोरोना महामारीको कारण स्थगित भएको साधारणसभा कम्पनीले असार ५ गते आह्वान गरेको हो । कम्पनीको साधारणसभा कमलादी स्थित कम्पनीको पुरानो भवनमा हुने भएको छ ।
उक्त सभामा कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, सामुहिक लगानी कोष योजना संचालन गर्ने गरि उदेश्य थप गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 
कम्पनीले साधारण सभाको लागि  चैत ४ गतेदेखि २१ गतेसम्म बुक क्लोज तोकेको छ ।  चैत ३ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र प्रस्ताव गरेको लाभाांश पाउन सक्नेछन् । कम्पनीले यस अघि चैत्र २१ मा सभा आह्वान गरेकोमा सरकारले लकडाउन जारी गरेपछि सभा रोकिएको थियो । यस पटक हुने सभामा  शेयरधनीलाई भिडियो कन्फरेन्स मार्फत मतब्या राख्न दिईने कम्पनीले जनाएको छ ।





			
						







