×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत : नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट फिर्ता पायो सवा अर्ब रुपैयाँ, बाँकी ८५ करोड रुपैयाँ आज पाउने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अन्तत : नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट फिर्ता पायो सवा अर्ब रुपैयाँ, बाँकी ८५ करोड रुपैयाँ आज पाउने !

Artha Sarokar

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले  एक अर्ब १५ करोड रुपैयाँ फिर्ता पाएको छ । बैंकले उक्त रकम मंगलबार फिर्ता पाएको हो । बाँकी ८५ करोड रुपैयाँ भने बैंकले आज (बुधबार) फिर्ता पाउँदैछ ।
इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला भएसँगै बैंकले मुद्धा जितेको थियो । इटालीको इन्टेसा सानपाओलो बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टी दिएकोमा मुद्दा फैसलापछि सोही बैंकले पैसा फिर्ता दिएको हो ।
सिएमसीले हालेको मुद्दामा इटालीको बोलोङ्नास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीनजना न्यायाधीशको पूर्ण इजलासले गत मंगलबार बैंकको पक्षमा फैसला गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी