×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अटोमेशनमा जाँदै नेपाल आयल निगम, २८ करोडको सफ्टवेयर जडान हुँदै

LAXMI SUNRISE BANK

अटोमेशनमा जाँदै नेपाल आयल निगम, २८ करोडको सफ्टवेयर जडान हुँदै

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल आयल निगमले आफ्नो सम्पूर्ण सेवाहरुलाई अटोमेशनमा लैजाने भएको छ ।  निगमले पहिलो चरणमा तेल चोरी तथा मिसावट रोक्नका लागि २८ करोडको सफ्टवेयर जडान गर्ने भएको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गर्ने भएको हो । सफ्टवेयर जडान गर्दै नेपाल आयल निगमले सबै सेवाहरुलाई अटोमेशनमा लैजाने प्रक्रिया सुरु गरेको छ । इआरपी प्रणालीले निगमको एकिकृत व्यवस्थापन गर्ने छ ।
नेपाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल आयल निगाम अटोमेशनमा लाने काम सुरु भएको बताए । विस्तारै निगम पुर्णरुपमा अटोमेशमा जाने छ । ‘मेकानिकल लकिङ् सिस्टमले मिसावट र चोरी नरोकिएपछि अटोमेशनको काम सुरु भएको हो, इआरपी सिस्टम जडान भए पछि सबै काम कम्युटरकृत हुने छ,’ पौडेलले भने ।
नेपालभर १ हजार ४ सय वटा पम्पहरुबाट पेट्रोलियम पदार्थ बिक्री भइरहेको छ । तीन वर्ष भित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने छ । यो कार्यको लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिम समेतको लागि २८ करोड रुपैयाँ बजेट छुट्याएर टेन्डर भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी