
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गत वैशाख मसान्तसम्म देशको चालु खाता एवं शोधनान्तर स्थिति एक खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय वित्तीय स्थित सार्वजनिक गर्दै चालु खाता एवं शोधनान्तर स्थिति एक खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको जानकारी दिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड दुई लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब एक करोडले बचतमा रहेको छ ।
चालु खाता घाटा १ खर्ब ५ अर्ब ७४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा यो घाटा २ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । यस्तै दश महिनाको अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रहेको थियो ।
साथै ०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तमा १२ खर्ब ३५ अर्ब २५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा ०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्