×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकको निर्देशन : यो कर तिर्ने बेला हो, शनिबार पनि बैंक खुल्ला राख्नू

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार तथा सार्वजनिक बिदाका दिनमा पनि बैंकहरु पुर्णकालिन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो । सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो । 
राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिएको जानकारी दिए । उनका अनुसार बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछन् । कोरोनका कारण  राजश्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरु खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: