Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता आइपिओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज पनि तोकियो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको आइपिओ सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको १० करोड कित्ता आइपिओ नेप्सेमा सूचीकृत गरेको हो । यसका साथै, नेप्सेले कम्पनीको ओपनिङ रेन्ज पनि निर्धारण गरेको छ । नेप्सेले पुनर्बीमा कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेन्ज प्रतिकित्ता १४१ रुपैयाँ ४५  पैसादेखि ४२४ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ ।
कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि यसअघि नै बाँडफाँड गरिसकेको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियो। कम्पनीको आईपीओ बाँडफाँड बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यालयमा गत चैत २६ गते गरिएको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK