×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : नेपाल एसबिआई बैंकमा सेवाग्राहीहरुको भिड, तिब्बत सरकारद्वारा सामग्री सहयोग !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : नेपाल एसबिआई बैंकमा सेवाग्राहीहरुको भिड, तिब्बत सरकारद्वारा सामग्री सहयोग !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले पोखरा महानगरपालिका –८ सभागृहचोकस्थित नेपाल एसबिआई बैंकको शाखा कार्यालयमा सोमबार देखिएको सेवाग्राहीहरूको भीडदेखि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई कोभिड–१९ को उपचार, रोकथाम एवं नियन्त्रणका लागि तिब्बत सरकारबाट प्राप्त सात करोड ७४ लाख मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्का प्रदेश नं १ संयोजक मुकेश उपाध्यक्ष हस्तान्तरण गर्दैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
पोखरा महानगरपालिका –८ सभागृहचोकस्थित नेपाल एसबिआई बैंकको शाखा कार्यालयमा सोमबार देखिएको सर्वसाधारणको भीड । कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीमा बैंक तथा वित्तीय संस्थामा सामाजिक दूरी कायम  भएको  देखिएको छैन ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई कोभिड–१९ को उपचार, रोकथाम एवं नियन्त्रणका लागि तिब्बत सरकारबाट प्राप्त सात करोड ७४ लाख मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री सोमबार नेपाल चीन कार्यकारी परिषद्का प्रदेश नं १ संयोजक मुकेश उपाध्यक्ष हस्तान्तरण गर्दै ।
भक्तपुरको सानो ठिमीस्थित जनक शिक्षा सामाग्री  केन्द्र लिमिटेडमा सोमबार पुस्तक छप्ने कार्यमा  व्यस्त कामदार । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको शिक्षा सामाग्री  केन्द्र लिमिटेडमा कक्षा ५ देखि १० कक्षासम्मका पुस्तकहरु छाप्ने कार्य भइरहेको छ । 
र्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा प्रतिनिधिसभाको बैठकमा सोमबार बजेट शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै । 
बाह्रदशी गाउँपालिका–७ स्थित डाँडागाउँमा आधारभूत स्वास्थ्यचौकी शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी । संघीय सरकारको आर्थिक सहयोग रु ४१ लाख ५५ हजार ९२९ का लागतमा  स्वास्थ्यचौकी निर्माण शुरु भएको हो । 
संघीय संसद् भवन नयाँ बानेश्वरमा  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद ।
कञ्चनपुरको लक्ष्मीपुरका कृषकको खेतमा ढकमक्क फुलेको सूर्यमुखी फूल । तोरीबालीको विकल्पका रुपमा कृषक पछिल्लो समय  सूर्यमुखी खेतीप्रति आकर्षित भएका छन् ।
काठमाडौँको बुढानिलकण्ठ – १३ बालुवाखानीमा कालिकोटका दृष्टिविहीन नन्दा शाही र उहाँको साथी गीता बस्नेतले सञ्चालन गरेको ‘अन्तरदृष्टि नेपाल’ । कालिकोट, दैलेख र जाजरकोटका एक दर्जन बालबालिकाले आश्रय लिएको सो संस्थालाई जर्मनीमा रहेका कृष्णप्रसाद गौतमलगायतले रु २५ हजार बराबरको सहयोग उपलब्ध गराएका छन् ।
स्काइभेटरद्वारा सुनसरी मोरङ सिँचाइ आयोजनाको सीतागञ्ज शाखा नहरमा थुप्रिएको बालुवा र  माटोलाई सफा गरिँदै । नहर सरसफाइ गरेपछि किसानको खेतमा सिँचाइ गर्न  सहज हुनेछ  । 
कोरोना भाइरसको त्रासले  भारतबाट आएर गृह जिल्ला जुम्ला बसपार्कमा अलपत्र परेका नागरिकलाई आइतबार राति पानी, चिउरा उपलब्ध गराउँदै कर्णाली स्पोर्ट क्लबका खेलाडी । रोग  सर्ने त्रासका कारण स्थानीयवासीले गरेको विरोधले समयमा सामुदायिक विद्यालयमा क्वारेन्टिनको व्यवस्थापन हुन नसक्दा उनीहरु अलपत्र परेका हुन्  । 
तनहुँको व्यास नगरपालिका–१० शेवरमा बाख्रालाई पिपिआर विरुद्धको खोप लगाउँदै पशु प्राविधिक । बन्दाबन्दीमा पनि पशु प्राविधिक कृषकको घरघरमै पुगेर बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइरहेका छन् । 
आइपास नेपालका प्रतिनिधि सरस्वती गिरीले प्रदेशका पाँच जिल्लाका लागि रु २० लाख बराबरको स्वास्थ्य सामग्री गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनलाई प्रदान गर्दै । साथमा स्वास्थ्य निर्देशक विनोदविन्दु शर्मा ।
त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलको  यात्रु  आगमन कक्षमा सामान सङ्कलन गर्दा सामाजिक दुरी कायम  होस् भन्नका लागि सङ्केत चिन्ह बनाइँदै ।
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा परी  घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार हुँदै । 
त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा सामाजिक दुरी कायम होस् भन्नका लागि बनाइएका साङ्केतिक पाइला । यही पाइलामा टेकेर यात्रुहरु आफ्नो यात्रा तय गर्ने छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: