काठमाडौँ। कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० आवागमनस्थल (नाका) तथा हवाईमार्गबाट स्वदेश फर्कने नागरिकलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिनस्थल तथा ‘होल्डिङ सेन्टर’ मा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि कम्पनीले हाललाई एक लाख सिमकार्डको व्यवस्था गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ । स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचयपत्र उपलब्ध नभएको अवस्थामा उनिहरुकाे आफन्त तथा निकटका व्यक्तिको परिचयपत्रबाट पनि सिम उपलब्ध गराउन सकिने उनले सुनाए ।
कम्पनीेले उपलब्ध गराउने सिमकार्डको माध्यमबाट प्रयोगकर्ताले आफन्तसँग सम्पर्क गर्न सहज हुनुका साथै नेपाल फर्किएपछि उनिहरुको स्वास्थ्य अवस्था तथा सम्पर्कमा आउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित निकायलाई सहज हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि सरकारले काठमाडौँ उपत्यकामा व्यवस्था गर्ने आठ होल्डिङ सेन्टरमा टेलिकमले निःशुल्क वाइफाइ सेवासमेत उपलब्ध गराउने जनाएको छ । – रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्