×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर बजार असार ४ गतेसम्म बन्द, ७ गतेबाट बजार खोल्ने नेप्सेको तयारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेयर कारोबार असार ४ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले असार ४ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । नेप्सेले नियामक नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार बजार नखोल्ने निर्णय गरिएको बताएको हो ।
नेप्सेले जारी गरेको सुचनामा भनिएको छ ‘नेपाल धितोपत्र बोर्डको असार ३२ गतेको पत्र अनुसार जेठ १ को पत्रअनुसार नेपाल सरकारले लकडाउन अवधिभर धितोपत्रको दोस्रो बजार कारोबार साविक बमोजिम स्थगन गर्ने व्यवस्था मिलाउन निर्देशन प्राग्त भएकोले नेप्से सञ्चालक समितिको जेठ ३२ मा बसेको बैंठकले २०७७ असार १ देखि ४ गतेसम्म धोतोपत्रको कारोबार स्थगित गरीएको छ ।’
यसअघि जेठ ३२ गते सम्मका लागि सेयर कारोबार बन्द गरिएको थियो । यता लगानीकर्ताहरुले आफ्ना मागहरु पूरा गरेर मात्र बजार खोल्न माग गरिरहेका छन् । माग पूरा नभए कडा आन्दोलनमा उत्रिनेसमेत उनीहरुको भनाई छ । जस कारण बोर्डले ४ दिनका लागि कारोबार बन्द गर्न निर्देशन दिएको नेप्सेले जनाएको छ । अर्को साता अर्थात् ७ गतेबाट बजार खोल्ने तयारी नेप्सेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: