
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आज (सोमबार) बाट सेयर बजार पुन: रुपमा खुलेको छ । कोरोना भाइरसका कारण लामो समय बन्द रहेको सेयर बजार आजदेखि पुन रुपमा खुलेको हो । सेयर खुलेको पहिलो दिनमै बजार घटेको छ । आज (सोमबार) १२.८७ अंकले घटेर ११८८.७० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ३० कम्पनीको ९ लाख ७० हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३४ करोड ७७ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरीको भएको छ । यस कम्पनीको कुल ३ करोड ४३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक भएको छ ।

यता, सोमबार व्यापार, म्यनुफ्याक्चार एण्ड प्रोडक्सन, जीवन बिमा र अन्य उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै नागरिक लगानी कोष र हिमालयन डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त र नेपाल पुनर्बिमा कम्पनी का लगानीकर्ताले गुमाएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्